Nepali funny Jokes Collection part 2 in 2021

एउटा दैत्य आफ्नो छोरालाई लिएर एक रात सिकार खेल्न हिँडेछ, जाँदाजाँदै बाटोमा एउटा गाउँमा दुब्ली-पातली युवती देखेपछि छोराले भनेछ-'बाउ, यसलाई खाँदा हुन्न र?'

दैत्य : 'होइन छोरा, यसले हामीलाई पुग्दैन, छोडिदिऊ।

फेरि हिड्दै जाँदा एउटी मोटी युवती भेटेपछि छोरा : बाउ, यसलाई खाऊ है।

दैत्य : 'हैन छोरा, यो धेरै मोटी छे, बोसोले असर गर्छ, अर्कै खोजौं।

फेरि जाँदा-जाँदा एउटी असाध्यै राम्रो जीउडाल, अत्याकर्षक नवयौवना जसको रूप चटक्क परेको थियो, ती सुन्दरीलाई देखेपछि छोरोले भन्यो- 'बाउ, यो त एकदमै फिट छ, यसैलाई खाऊँ न ल?'

दैत्य : हैन छोरा, यसलाई घर लिएर जाउँ,, अनि तेरी आमालाईचाहिँ खाऊ।